

१४९ इन्स्पेक्टर अब मैदानमा, को-को भए उत्कृष्ट ?

काठमाडौं । आधारभूत तालिम पुरा गरेर नेपाल प्रहरीका १४९ जना प्रहरी निरीक्षक दीक्षित भएका छन्।
राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा शुक्रबार आयोजित दीक्षान्त समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रथम, द्वितीय र तृतीय पुरस्कार प्रदान गरे।
प्रशिक्षार्थी प्रहरी निरीक्षक पवन कुमारा परियार प्रथम, सगुन खड्का द्वितीय र आयुष ढुंगानाले तृतीय पुरस्कार प्राप्त गरेका छन्। दीक्षित हुनेमा १८ जना महिला र १३१ जना पुरुष छन्।