आज प्रणय दिवस अर्थात् ‘भ्यालेन्टाइन्स डे’

काठमाडौं । आज फागुन २ अर्थात फेब्रुअरी १४ प्रणय दिवस विश्वभर आपसमा उपहार साटासाट गरी मनाइँदैछ । विषेश गरि यस दिनमा युगल जोडीले प्रेमको प्रतिक रातो गुलाफको फुल दिएर आफ्नो प्रेम भाव प्रस्तु गर्ने गर्दछ भने विबाहित जोडीहरुले पनि यस दिन आफ्नो जिवन साथिलाई मायाको चिनो उपहार दिएर खुसी साट्ने गर्दछ ।

साथै प्रणय दिवसको अवसरमा परिवार साथिभाइहरुलाई विभिन्न उपहार प्रदान गरी प्रेम सद्भाव साटासाट गरि मनाउने गरिन्छ ।

सन्त भ्यालेण्टाइनको सम्झना तथा एक आपसमा प्रेम साटासाट गरेर विश्वभरका युवायुवतीहरुले आज भ्यालेण्टाइन्स डेलाई प्रेम दिवस (प्रणय दिवस) का रूपमा मनाउदै छन्।

प्रेमको प्रतीक रातो गुलाफ आदानप्रदान गरेर युगल जोडीले प्रेम साटासाट गर्दैछन्। तत्कालीन रोमका सन्त भ्यालेण्टाइनको मृत्यु भएको दिनलाई सम्झेर प्रेम दिवस मनाउन लागिएको हो। प्रेमका कारण मृत्युवरण गरेका सन्त भ्यालेन्टाइनको स्मृतिमा विश्वभरका प्रेमी प्रेमिकाहरुले फेब्रुवरी १४ तारिखका दिन भ्यालेन्टाइन डेलाई प्रेम दिवसका रूपमा मान्ने गर्छन्।

भ्यालेन्टाइन डे पश्चिमा संस्कृति भएपनि नेपालमासमेत यसको लोकप्रियता बढ्दै गएको छ।भ्यालेन्टाइन डेको अवसरमा नेपालमा युवायुवतीहरुबीच निकै चहल पहल देखिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *