

३४० मा खुलेको इन्फ्रास्ट्रक्चरको शेयर २ मिनेटमै ३७४ पुग्यो

काठमाडौं । नेपाल इन्फ्रास्टक्चर बैंक लिमिटेडको कारोबार आइतबारबाट सुरु भएको छ । ३४० रुपैयाँ प्रतिकित्ताबाट कारोबार सुरु भएको शेयर दुई मिनेटमै १० प्रतिशत बढेको छ । निफ्राको शेयर ३७४ रुपैयाँमा पुगेको छ ।
अन्य कम्पनीहरुको शेयरमा गिरावट आईरहेको बेला निफ्राको भने सर्किट लागेको छ ।

आईपीओमा सर्वाधिक चर्चित बनेको निफ्राको शेयर दोस्रो बजारमा अत्याधिक माग देखिन्छ । धितोपत्र बोर्डको पछिल्लो तथ्यांकमा हेर्दा निफ्राका लागि १६ लाख भन्दा धेरै कित्ताको लागि माग देखिएको छ ।
दोस्रो बजारमा धेरै माग देखिएको यसको शेयर लगातार रुपमा सर्किट ब्रेक गर्दै अगाडि बढ्ने देखिएको छ ।