गृहमन्त्री लामिछानेको सम्पत्ति सार्वजनिक, के-के छन् सम्पत्ति ? (विवरणसहित)



काठमाडाैं । सरकारले प्रधानमन्त्रीसहित मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गरेको छ।

सार्वजनिक  विवरण अनुसार गृहमन्त्री रवि लामिछानेसँग करिब ८० तोला सुन रहेको छ ।  उनले ती  अधिकांश बुवाआमाबाट र केही खरिद गरिएको उल्लेख गरेका छन् । यस्तै चाँदीका भाडाकुँडा १५ देखि २० केजीसम्म रहेको उल्लेख छ ।

यस्तै उनीसँग ६ लाख ६८ हजार  मौज्दात रहेको उल्लेख गरिएको छ । गृहमन्त्री रविका नाममा दुइटा बैंकमा गरी एक लाख १० हजार रुपैयाँ छ भने उनकी पत्नी निकिताको विभिन्न बैंक खातामा पाँच लाख ५८ हजारभन्दा बढी रकम छ ।

सम्पत्ति विवरणमा पत्नी निकिता पौडेलको नाममा बूढानीलकण्ठ- ८ मा ५ आना जग्गा रहेको उल्लेख छ  । उक्त जग्गा तीन करोड ७५ लाख रुपैयाँमा खरिद गरिएको उल्लेख छ ।

रवि लामिछानेको नाममा भक्तपुरमा एक रोपनी एक आना जग्गा रहेको छ । यो जग्गा पैतृक सम्पत्ति भएको उल्लेख छ । काठमाडौं महानगरपालिका वडा नम्बर ७ मा निकिताको नाममा १० रोपनी (संगोलमा) जग्गा पनि छ ।

विवरणः