

अमेरिकी डिभीको नतिजा सार्वजनिक, तपाईंलाई पर्यो कि ? यसरी हेर्नुहोस्

काठमाडौं– अमेरिकी डाइभर्सिटी भिसा (डिभी) २०२५ को नतिजा सार्वजनिक भएको छ ।
अमेरिकाको डिपार्टमेन्ट अफ स्टेट्सको ब्युरो अफ कन्सुलर अफेयर्सले शनिबार राति नतिजा सार्वजनिक गरेको हो ।
नतिजा हेर्न आवेदन दिँदा उपलब्ध गराइएको कन्फर्मेसन नम्बर प्रयोग गर्नु पर्नेछ । नेपालस्थित अमेरिकी दूतावासका अनुसार यो नै डिभीको नतिजा थाहा पाउने एक मात्र तरिका हो ।
छनोट हुन सफल आवेदकलाई त्यसपछिको प्रक्रियाबारे जानकारी उक्त साइटमा नै उपलब्ध हुने बताइएको छ ।
दूतावासअनुसार दूतावास या अमेरिकी सरकारका अन्य कुनै निकायले डीभी कार्यक्रममा छनोट भएको भन्ने व्यहोरा इमेलमार्फत पठाउँदैनन् ।