

नेपाल र वेस्ट इन्डिज ‘ए’बीचको तेस्रो खेल आज

काठमाडौं । नेपालले वेस्ट इन्डिज ‘ए’ विरुद्धको पाँच टी–२० शृंखलाअन्तर्गतको तेस्रो खेल आज (बुधबार) खेल्दै छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेल १२:१५ बजेबाट शुरू हुने छ। आइतबार सम्पन्न दोस्रो खेलमा नेपाल १० रनले पराजित गर्दै वेस्ट इन्डिजले शृंखलामा १-१ को बराबरी गरेको छ।
वेस्ट इन्डिजले दिएको १६१ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १५० रन बनाएको थियो।
त्यसअघि शनिबार सम्पन्न पहिलो खेलमा नेपालले वेस्ट इन्डिजलाई ४ विकेटले पराजित गरेको थियो। वेस्ट इन्डिजले दिएको २०५ रनको लक्ष्य पछयाएको नेपालले १९.४ ओभरमा ६ विकेट गुमाउँदै २०६ रन बनायो।
नेपालले आईसीसी टी–२० विश्वकपको तयारीस्वरूप वेस्ट इन्डिजसँग शृंखला खेलिरहेको हो। उक्त शृंखलापश्चात् नेपाली टोली आईसीसी टी–२० विश्वकपका लागि अमेरिका प्रस्थान गर्ने छ।