

जंगलमा पासो लगाएको अवस्थामा अधिवक्ता दाहाल भेटिए

काभ्रे । काभ्रे जिल्लाको पनौती नगरपालिकास्थित चौकोट जंगलमा एक पुरुष मृत अवस्थामा फेला परेका छन् ।
जिल्ला प्रहरी कार्यालय काभ्रेका डीएसपी राजकुमार श्रेष्ठका अनुसार रुखमा पासो लागेको अवस्थामा भेटिएको शव निकालेर पोष्टमार्टम गर्न धुलिखेल अस्पतालमा पठाइएको छ ।
प्रहरीका अनुसार पनौती–५स्थित चौकोट जंगलमा ओखलढुंगा स्थायी घर भई हाल बानेश्वर बस्दै आएका अधिवक्ता हरिशंकर दाहाल मृतावस्थामा फेला परेका हुन् ।
उनी चार दिनदेखि सम्पर्कबिहीन रहेको पनि खुलेको छ ।