

वेस्ट इन्डिज ‘ए’ले नेपाललाई दियो १६१ रनको लक्ष्य

काठमाडौं । वेस्ट इन्डिज ए ले नेपाललाई १६१ रनको लक्ष्य दिएको छ ।
त्यस जितेर पहिला ब्याटिंग गरेको वेस्ट इन्डिज ए ले २० ओभरमा ७ विकेट गुमाउदै १६० रन बनाएको हो ।
वेस्ट इन्डिज ए का लागि आन्द्रे फ्लेचरले सर्बाधिक ४३ रन बनाएका थिए । त्यस्तै कप्तान रोस्टन चेजले २३ रन बनाए भने गुडाकेस मोतीले अविजित ३३ तथा जोन्सन चार्लेजले ११ रन बनाएका थिए ।
त्यसैगरी नेपालका बलर सागर ढकाल र कुशल भुर्तेलले २-२ विकेट लिएका थिए भने सोमपाल कामी र दिपेन्द्र सिंह ऐरीले एक एक विकेट लिएका थिए ।
१६१ रनको लक्ष्यसहित ब्याटिङका लागि मैदानमा आएको नेपालले ६ ओभरमा २८ रन बनाउँदा ४ विकेट गुमाइसकेको छ ।