

एसीसी प्रिमियर कपः नेपालले दियो युएईलाई १२० रनको लक्ष्य

काठमाडौं । एसीसी प्रिमियर कप क्रिकेटको सेमिफाइनलमा नेपालले युएईलाई १२० रनको लक्ष्य दिएको छ ।
टस हारेर पहिले ब्याटिङ गरेको नेपालका लागि सन्दीप जोरा बाहेक अन्य ब्याट्सम्यान नचल्दा ९ विकेटको क्षतिमा ११९ रन मात्र बनायो ।
नेपालका लागि सन्दीप जोराले अर्धशतक बनाए पनि अन्य खेलाडीले निराशाजनक प्रदर्शन गर्दा नेपालले खराब क्रिकेट खेलेको हो । जोरा ५० रन बनाएर आउट भए ।
सन्दीप बाहेक नेपालका लागि कुशल भुर्तेल शुन्य, आशिफ शेख ८, रोहित पौडेल ५, कुशल मल्ल ३, दिपेन्द्र सिंह ऐरी ५, सोमपाल कामी २ रनमा आउट भए ।
त्यस्तै गुल्सन झाले २० रन बनाए भने करण केसी १७ रनमा आउट भए ।
नेपालका अविनाश बोहोरा र ललितनारायण राजवंशी नटआउट रहे ।