

सहकारी ठगी प्रकरणः दीपेश पुनलाई ४ लाख धरौटीमा रिहा गर्न आदेश

बुटवल । रुपन्देही जिल्ला अदालतले पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेश पुनलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ । शुक्रबार जिल्ला न्यायाधीश डा. दिपक उप्रेतीको एकल इजलासले बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा पक्राउ परेका पुनलाई चार लाख धरौटीमा रिहा गर्न आदेश दिएका हुन् ।
अदालतमा तीन दिन भएको बयान र थुनछेक बहसपछि यस्तो आदेश भएको हो ।
केही समयअघि पुनलाई सहकारी ठगी प्रकरणमा राजधानीबाट पक्राउ परी रुपन्देही जिल्ला अदालतबाट मुद्दा चलाइएको थियो ।