

राष्ट्रियसभा उपाध्यक्षमा घिमिरे निर्वाचित

काठमाडौं । राष्ट्रियसभा उपाध्यक्षमा नेकपा (एमाले) की सांसद विमला घिमिरे निर्वाचित भएकी छन् ।
बुधबारको राष्ट्रियसभा बैठकमा भएको मतविभाजनबाट उनी निर्वाचित भएकी हुन् ।
उपाध्यक्षमा घिमिरेलाई निर्वाचित गरियोस् भन्ने प्रस्तावको पक्षमा ३९ मत गरेको थियो । विपक्षमा १६ मत खस्योे । बैठकमा ५५ सांसद उपस्थित रहेका थिए ।
त्यसअघि भएको मतविभाजनमा नेपाली कांग्रेसकी विष्णुदेवी पुडासैनीलाई निर्वाचित गरियोस् भन्ने प्रस्ताव अस्वीकृत भएको थियो । प्रस्तावको पक्षमा १६ र विपक्षमा ३९ मत खसेको थियो ।
यसअघिकी उपाध्यक्ष उर्मिला अर्यालले राजीनामा दिएपछि रिक्त भएको पदमा आज निर्वाचन भएको हो ।