भोलि देशभर सार्वजनिक बिदा

काठमाडौं । गृहमन्त्रालयले भोलि अर्थात् बिहीबार सार्वजनिक बिदाको घोषणा गरेको छ ।

मुस्लिम धर्मावलम्बीहरुको महान् पर्व ईद–उल फित्र (ईद)का अवसरमा सार्वजनिक बिदा दिएको हो ।

इस्लाम धर्मावलम्वीहरुले रमजान महिनाको ३० दिनको ‘रोजा’ व्रत आज पूरा गर्दै भोलि ‘इद-उत्रफित्र’ मनाउने भएका छन्।

केही मुस्लिमले ‘इदउलफित्र’को नमाज मस्जिदमा त केहीले ‘इदगाह’मा सामूहिक भेला भइ दुई रिकात नमाज पढेर सम्पत्र गर्छन्।

नमाज पूरा गरेपछि एकअर्कालाई अङ्कमाल गरेर बधाई साटासाट गर्छन् भने घरमा विभित्र परिकार पकाएर खाने गर्दछन्।

रमजान महिना उर्दू पात्रोको अनुसार नवौँ महिना हो।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *