

अब अर्को सालमात्र प्रतिनिधिसभा संसद बैठक !

काठमाडौं । सत्ताका प्रतिपक्षी दलहरु नेपाली कांग्रेस र राष्ट्रिय प्रजातन्त्र पार्टीले संसद् अवरुद्ध गरेपछि यो साल संसद नबस्ने भएको छ ।
बुधबार प्रतिनिधिसभा बैठकमा सभामुख देवराज घिमिरेले शुन्य समयको कारबाही प्रारम्भ गर्ने घोषणा गरेसँगै दुई दलका सांसदहरुले संसदको कारबाही चल्न दिएनन् । सांसदहरुले पूर्वनिर्धारित कार्यक्रमअनुसार
संसद अवरुद्ध गरेपछि सभामुख घिमिरेले संसद स्थगित भएको घोषणा गरे । यससँगै सभामुख घिमिरेले प्रतिनिधिसभाको अर्को बैठक २०८१ साल वैशाख २ गते बस्ने जनाएसँगै आजको बैठक २०८० सालकै अन्तिम संसद बैठक बनेको छ ।