

नेपाल पूर्व सशस्त्र प्रहरी संघद्वारा आयोजित पुनर्मिलन कार्यक्रम सम्पन्न

काठमाडौं । अवकाश प्राप्त सशस्त्र प्रहरीहरुको संगठन नेपाल पूर्व सशस्त्र प्रहरी संघले नयाँ वर्षको अवसरमा पुनर्मिलन तथा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरेको छ ।
संघले शनिबार आयोजना गरेको पुनर्मिलन कार्यक्रममा संघका संरक्षक एवं संगठन प्रहरी सशस्त्र प्रहरी महानिरीक्षक (आईजी) राजु अर्यालले प्रमुख अतिथिको रुपमा उपस्थित भएका थिए ।
उक्त अवसरमा संघद्वारा प्रकाशित २०८१ सालको क्यालेन्डरको पनि लोकार्पण गरिएको थियो ।
कार्यक्रममा पूर्व सशस्त्र प्रहरी महानिरीक्षक सनत कुमार बस्नेत, सिंह श्रेष्ठ, एआईजी नारायणदत्त पौडेलका साथै संघका पदाधिकारीहरुको पनि उपस्थिति रहेको थियो ।