

लहानमा ३ महिने निःशुल्क कम्प्युटर तालिम सुरु

लहान । सिराहाको लहान नगरपालिका—८ वडा कार्यालयको आयोजनामा आजदेखि ३ महिने निःशुल्क आधारभूत कम्प्युटर तालिम सुरु भएको छ ।
नगरपालिकाले नगरभित्रका जनतालाई विभिन्न आधारभूत तालिम दिने कार्यक्रम सञ्चालन गरेसँगै निःशुल्क कम्प्युटर तालिम पनि प्रदान गरिन लागेको हो ।
उक्त तालिमको मेयर महेश चौधरी, उपमेयर रामचलितर महतो र वडाअध्यक्ष श्याम साहले उदघाटन गरेका छन् ।
तालिममा ४० जना महिला र १० जना पुरुष सहभागी छन् । तालिमबाट सिकेका ज्ञान सीपले भविष्यमा प्रविधि हुन मद्दत पुग्ने वडाअध्यक्ष साहले जनाएका छन् ।