सिरहाको लहानमा ३ महिने मोबाइल मर्मत तालिम सुरु

– महेश सिंह
सिरहा । सिरहाको लहानमा ३ महिने मोबाइल तालिम सुरु भएको छ । प्रदेश सरकारको स्वरोजगार कार्यक्रम अन्तरगत घरेलु तथा साना उद्योग कार्यालय लहानद्धारा संचालन गरिएको उक्त तालिममा बिष्णु पोखरेल घरन महतो र जगरनाथ पासमान प्रशिक्षण दिने जनाइएको छ ।

कार्यक्रम घरेलु तथा साना उद्योग लहानका कार्यालय प्रमुख दिपेन्द्र यादवको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा पत्रकार महेश सिंह एवं प्रशिक्षकहरुको उपस्थिति रहेको थियो । लहान नगरपालिका र सिरहाको सखुवानानकारकट्टी गाउँपालिकामा एकै साथ तालिम सुरु भएको हो। घरेलुका प्रतिनिधि बैजनाथ झा ले कार्यक्रम संचालन गरेका थिए।

https://scontent.fktm8-1.fna.fbcdn.net/v/t1.15752-0/p480x480/146651403_260623658913517_4510514543635813493_n.jpg?_nc_cat=101&ccb=2&_nc_sid=ae9488&_nc_ohc=KzR8MdmHUpQAX8JF3YM&_nc_ht=scontent.fktm8-1.fna&tp=6&oh=0c02ae8eedd9c36eed83e67fc3ef4bc1&oe=60416EF4

कार्यक्रममा करिब ३० जना युवाहरुको सहभागिता रहेको थियोे । कार्यालय प्रमुखका अनुसार हाम्रो नेपाल सुखी नेपाल र सुखी नेपालीको अभिभारा बोकेका नेपाली जनता कसरी खुशी र सुखी हुन्छ भन्दै आ–आफनो ठाँउबाट सहयोग गर्न इच्छा जाहेर गरेका थिए। हाउस वाईरीङको प्रशिक्षण बिष्णु पोखरेलले दिने भएका छन् भने मोबाइल तथा फोन मर्मतको प्रशिक्षक जगरनाथ पासमान, घुरन महतोले दिने जनाइएको छ ।

देशमा बढ्दो देखिएको बेरोजगारी समस्यालाई समाधान गर्नका लागि उक्त तालिम आयोजना गरिएको कार्यालय प्रमुख दिपेन्द्र यादवले बताए ।

तालीम सहजकर्ता घुरन महतोले तालिम लिएर सरकारी सेवामा जान वा स्वरोजगारमा सहभागी हुन सक्ने बताए ।

https://scontent.fktm8-1.fna.fbcdn.net/v/t1.15752-0/p480x480/147216974_117767743521253_4553134249779180045_n.jpg?_nc_cat=106&ccb=2&_nc_sid=ae9488&_nc_ohc=4aasHktAF2cAX-85_db&_nc_ht=scontent.fktm8-1.fna&tp=6&oh=1e0a140286718c9e2118aa987b53f1a8&oe=6041CEBE

त्यस्तै बेरोजगार महिलाहरुलाई रोजगार मुखि बनाउने उद्देश्यले सहज र सुलभ तरिकाले घरमै बसेर सहज काम गर्न सकने भएको ले यो डल र कुशन बनाउने तालिम पनि सञ्चालन गरिएको थियो । २० दिने तालिममा १५ जना स्थानीय महिलाहरुले तालीम लिई रहेको प्रशिक्षक श्रेस्मा विश्वकर्माले बताएन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *