

महेश बस्नेतको नेतृत्वमा तीनहजार बढी स्वयंसेवक परिचालन

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को ओली पक्षीय बृहत जनसभामा स्वयंसेवकको नेतृत्व महेश बस्नेतले गरेका छन् ।
कार्यक्रमस्थलको व्यवस्थापनमा खटिएका स्वयंसेवकहरुलाई आवश्यक निर्देशन एवं नेतृत्व केन्द्रीय सदस्य एवं युवा नेता बस्नेतले गरेका थिए ।
शुक्रबार दिउँसो राजधानीको दरबारमार्गमा नेकपा ओली पक्षको बृहत जनसभा सम्पन्न भएको छ ।
कार्यक्रमपछि स्वयंसेवकहरुले कार्यक्रमस्थलको सरसफाई एवं कार्यक्रमलाई व्यवस्थित गर्ने काम गरिने जनाइएको छ । उक्त अवसरमा पार्टीले ३ हजार भन्दा बढी स्वयंसेवकहरुको व्यवस्था गरेको जनाएको थियो ।

