

शाइन रेसुङ्गा डेभलपमेण्ट बैङ्कलाई ‘बेस्ट म्यानेज्ड डेभलपमेन्ट बैङ्क २०२४’ अवार्ड

काठमाडाैं । शाइन रेसुङ्गा डेभलपमेण्ट बैङ्क ‘बेस्ट म्यानेज्ड डेभलपमेन्ट बैङ्क २०२४’ अवार्डबाट सम्मानित भएको छ ।
न्यू बिजनेस एजले आयोजना गरेको न्यूबिज बिजनेस कन्क्लेभ एण्ड अवार्डस्–२०२४ अन्तर्गत विकास बैङ्कहरूमध्ये शाइन रेसुङ्गा डेभलपमेण्ट बैङ्कले बेष्ट म्यानेज्ड डेभलपमेन्ट बैङ्क २०२४ अवार्ड हासिल गरेको हो ।
शाइन रेसुङ्गा उत्कृष्ट हुँदै जितेको सो अवार्ड बैङ्ककी रिसोर्स म्यानेजमेन्ट अफिसर नम्रता थापाले ग्रहण गरेकी थिइन् ।
बैङ्क यसअघि पनि सन् २०२२ मा पनि बेस्ट म्यानेज्ड डेभलपमेन्ट बैङ्क अवार्डबाट सम्मानित भएको थियो भने गत वर्षमात्रै अन्तर्राष्ट्रिय स्तरको एसिया इमर्जिङ बैङ्किङ अवार्ड समेत प्राप्त गरेकाे थियाे ।