कोदालो प्रहार गरी श्रीमतीको हत्या, गम्भीर २ कर्मचारीलाई हेलिकोप्टरबाट लगियो नेपालगञ्ज

बैतडी – बैतडीमा एक पुरुषले कोदालो प्रहार गरी श्रीमतीको हत्या गरेका छन् भने दुईजनालाई गम्भीर घाइते भएका छन् ।

डिलाशैनी गाउँपालिका९ ७ धामीगाउँका ६२ वर्षीय किसनसिंह धामीले कोदालो प्रहारबाट आफ्नी ५६ वर्षीया श्रीमती पार्वती धामीको हत्या गरेका हुन्।

कोदालो प्रहारबाट दशरथचन्द नगरपालिका–९ घर भएका डिलाशैनी गाउँपालिकाका उद्यम विकास शाखा प्रमुख २९ वर्षीय सुभास कलौनी र डिलाशैनी गाउँपालिकाका कार्यालय सहयोगी २६ वर्षीय देवराज भट्ट घाइते भएका छन्।

किसनले आफ्नो घरमै श्रीमती पार्वतीलाई कोदालो प्रहार गरी घाइते बनाएका थिए । त्यसलगत्तै उनकै घरमा डेरा गरी बस्दै आएका कलौनी र भट्टमाथि पनि किसनले कोदालो प्रहार गरेका थिए ।

दुई घाइतेका थप उपचारका लागि नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरी नेपालगञ्ज लगिएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

किसनले कोदालो प्रहार गर्नुको कारण भने खुल्न नसकेको प्रहरीले जनाएको छ । उनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *