कपनबाट हराएकी १९ वर्षीया सुस्मिताको शव पशुपतिको जंगलमा भेटियो

काठमाडौं । आफन्तको घरमा जान्छु भनेर हिँडेकी सिन्धुलीकी सुस्मिता थापा मृत भेटिएकी छिन् । दुईदिन अघिदेखि घरबाट हिँडेकी सुस्मिता काठमाडौंको पशुपति क्षेत्रको जंगलमा झुण्डिएको अवस्थामा फेला परेकी हुन् ।

१९ वर्षीया सुस्मिताको शव पशुपति क्षेत्रको गोरखनाथ मन्दिर नजिकैको जंगलको एक रुखमा झुण्डिएको अवस्थामा फेला परेको हो । कपन निवासी सिन्धुलीको कमलामाई नगरपालिका– १ की स्थायी बासिन्दा थापाको शव उनका दाजुले सनाखत गरिसकेको पनि जनाइएको छ ।

२ दिनअघि भक्तपुर आफन्तकोमा जान्छु भनेर हिँडेकी सुस्मिताको खोजीका लागि सामाजिक सञ्जालको समेत प्रयोग गरिएको थियो ।

‘उनको शव रुखमा झुण्डिएको अवस्थामा फेला परेको हो,’ गौशाला वृत्तका डीएसपी थेवेले भने, ‘आफन्त (दाजु) आएर शवको सनाखत गरिसकेका छन्। शव पोष्टमार्टमको लागि टिचिङ अस्पताल लगिएको छ।’ शुक्रबार बिहान मर्निङवाकमा गएका स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थेवेले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *