आम हड्तालमा प्रचण्ड पुत्रीहरुको सडकमा ‘फोटोसेशन’




काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहले घोषणा गरेको आमहड्तालमा प्रचण्डदेखि लिएर कार्यकर्ता सम्म सडकमा उत्रिएका छन् । राजधानीको सातदोबाटोबाट सडकमा निस्किएका प्रचण्ड अन्ततः पुल्चोकस्थित सडकमा गएर पलेटी कसेर बसेका छन् ।

पिता प्रचण्डसँगै आन्दोलनमा सहभागी भएकी छिन् उनकी छोरी गंगा दाहाल र अर्की छोरी एवं भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहाल ।

उनीहरु आम हड्तालमा सहभागी भएको भन्दै सामाजिक सञ्जालमा तस्बिर राख्न व्यस्त रहेका छन् । हड्ताल सहभागी भएका उनीहरु गोलबन्द भएर वा पोज नै दिएर फोटो खिच्न व्यस्त देखिएका छन् ।

उनीहरुले सामाजिक सञ्जालमा राखेका केही तस्बिरहरुः