नेपाली सेनामा २ सय जना अधिकृतका लागि जागिर खुल्यो (सूचनासहित)

काठमाडौं । नेपाली सेनाले अधिकृत क्याडेटका लागि दरखास्त आह्वान गरेको छ ।

नेपाली सेनाले रिक्त अधिकृत क्याडेट पदमा खुला तथा समावेशी प्रतिस्पर्धाबाट पदपूर्ति गर्ने गरी सूचना निकालेको हो । २ सय जनाका लागि आह्वान गरिएको दरखास्त आगामी फागुन २१ गते सम्म फर्म भर्ने म्याद रहेको जनाइएको छ ।

सो पदका लागि प्रमाणपत्र तह वा सो सरह र स्नातक वा सो सरह उत्तीर्ण गरेका नेपाली नागरिकले दरखास्त भर्न पाउने पनि नेपाली सेनाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *