

अपराधी समाउने प्रहरीको प्रमोशन हुन्छः गृहमन्त्री लामिछाने

काठमाडौं । नवनियुक्त उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आफ्नो ध्यान शान्ति सुरक्षा र अपराध नियन्त्रणमा रहने बताएका छन् ।
बुधबार राष्ट्रपतिबाट शपथ लिएलगत्तै सिंहदरवार पुगेर मन्त्री लामिछानेले पद बहालीपछि गृहमन्त्रालयमा बोल्दै उनले सो कुरा बताएका हुन् ।
उनले आफ्नो मन्त्रालय मातहतका कर्मचारी र आफ्नो समेत कार्यशैलीमा परिवर्तन गर्ने बताउँदै काविल र क्षमतावान कर्मचारीलाई अवसर दिइने बताए ।
अपराधीलाई बचाएर नभई समाएर प्रमोशन गरिने भन्दै उनले आफ्नो ध्यान शान्ति सुरक्षा र अपराध नियन्त्रणमा रहने बताए । साथै देशभर हडपिएको सरकारी सम्पति फिर्ता गर्ने आफ्नो पहिलो काम हुने उनको भनाई छ ।