

नवनियुक्त पर्यटन प्रर्वद्धक मोक्तान कोरियामा सम्मानित

सिउल । दक्षिण कोरियाको सुओन सहरका लागि हालै पर्यटन प्रर्वद्धकमा नियुक्त भएकी साहारा मोक्तान कोरियामा सम्मानित भएकी छिन् ।
नवनियुक्त पर्यटन प्रर्वद्धकमा मोक्तानलाई नेपाल तामाङ घेदुङ दक्षिण कोरियाले आइतबार सिओलमा एक कार्यक्रमका बीच बधाई तथा सम्मान व्यक्त गरेको हो ।
मोक्तानलाई घेदुङको दक्षिण कोरिया शाखाले बधाई तथा सम्मान व्यक्त गरेको हो ।
घेदुङका अध्यक्ष राजकुमार स्याङतानसहित पदाधिकारी, कार्यसमिति सदस्य लगायतले सम्मानपत्रसहित खादा ओढाएर सम्मान व्यक्त गरेको हो ।
कार्यक्रमपछि पर्यटन प्रवर्द्धक मोक्तानले नेपालको पर्यटकीय क्षेत्रको उत्थान, विकास र प्रचार प्रसारका लागि दक्षिण कोरियामा रहेका सबै नेपालीहरुले आ–आफ्नो ठाउँबाट भूमिका निर्वाह गर्न अपिल गरिन् ।