

प्रधानमन्त्री दाहालले गरेर देउवा र ओलीसँग भेट

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले सत्य निरूपण तथा मेलमिलाप र बेपत्ताहरूको छानबिन आयोगसम्बन्धी विधेयक (टीआरसी) बारे छलफल गरेका छन् ।
प्रधानमन्त्री दाहालले कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीसँग आज छुट्टाछुट्टै छलफल गरेका हुन् ।
विधेयकलाई लिएर कांग्रेस र एमाले पनि सकारात्मक रहेको प्रधानमन्त्री सचिवालय स्रोतले बतायो । यसअघि नेकपा एमालेले टीआरसी अघि बढाउँदा पीडित मैत्री बन्नुपर्ने भन्दै असहमति जनाएको थियो । पछिल्लो समय भने एमाले विधेयकलाई लिएर सकारात्मक देखिदै आएको छ ।
हाल उक्त विधेयक संसद्को कानुन समितिमा रहेको छ । आजै समितिमा यो विधेयकमाथि छलफल हुँदैछ ।