

‘म्याकुरी’लाई कुटपिट गरेको आरोपमा सिन्धुपाल्चोकबाट शर्मिला वाइबा पक्राउ

काठमाडौं । ‘म्याकुरी’ नामले समेत चिनिने कलाकार पवन खतिवडामाथि कुटपिट गरेको आरोपमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले शर्मिला वाइबा नाम गरेकी महिलालाई पक्राउ गरेको पुष्टि गरेका छन्।
उनी सिन्धुपाल्चोकबाट पक्राउ परेकी हुन्। उनलाई काठमाडौं ल्याइँदैछ।
कलाकार खतिवडाले आफूमाथि कुटपिट भएको भन्दै वाइबाविरूद्ध प्रहरी वृत्त महाराजगन्जमा जाहेरी दिएका थिए। कुटपिट गर्न नहुने कसुरमा खतिवडाले जाहेरी दिएका थिए।
जाहेरीपछि प्रहरीले वाइबालाई पक्राउ गरेको हो।