

नेपालले १८५ रनको लक्ष्य पछ्याउँदा कुशल भुर्तेल फेरि शुन्यमा आउट

काठमाडौं । घरेलु मैदानमा जारी त्रिकोणात्मक टी–२० सिरिजअन्तर्गत दोस्रो खेलमा नेदरल्यान्डविरुद्ध नेपाललाई पहिलो झट्का लागेको छ ।
पहिलो विकेटको रुपमा नेपालले ओपनर कुशल भुर्तेललाई शुन्य रनमा गुमाएको हो । पहिलो ओभरको चौथो बलमा भुर्तेल डक आउट भएका हुन् ।
उनी मंगलबार भएको नामिबियाविरुद्धको खेलमा पनि डक आउट भएका थिए ।
नेपालले नेदररुल्याण्ड्सविरुद्ध जितका लागि १८५ रनको लक्ष्य पछ्याउने क्रममा भुर्तेल शुन्य रनमा आउट भएका हुन् ।
त्यसअघि नेदरल्याण्ड्सले पहिले ब्याटिङ गर्दै निर्धारित २० ओभरमा ४ विकेट गुमाएर नेपाललाई १८५को लक्ष्य दिएको थियो ।
जारी सिरिजमा नेपालको यो दोस्रो खेल हो । पहिलो खेलमा नामिबियासँग २० रनले पराजित भएको थिये ।