

सशस्त्र प्रहरीका डिएसपी पक्राउ

काठमाडौं । सार्वजनिक ठाउँमा भिडियो अनुमतिबिना खिचेको अभियोगमा सशस्त्र प्रहरी बलका प्रहरी नायब उपरीक्षक (डिएसपी) पक्राउ परेका छन् ।
सशस्त्र प्रहरी बलको ४ नम्बर बाहिनी पोखरामा कार्यरत डिएसपी तुलसिंह केसी रेष्टुरेन्टभित्र अनुमति बिना महिलाको भिडियो खिचेका कारण पक्राउ परेको जनाइएको छ ।
उनले एक रेष्टुरेन्टमा अनुमतिविना एक महिलाको भिडियो खिचेको भन्दै उजुरी परेपछि अनुसन्धानका लागि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
वैयक्तिक गोपनियतासम्बन्धी ऐन–२०७५ को दफा–१६ अनुसार अनुमति बिना कसैको तस्बिर वा भिडियो खिच्न पाइँदैन ।