

भुर्तेलकाे ४ विकेटसँगै नेदरल्याण्ड्स १३७ रनमा समेटियो

काठमाडौं । कुशल भुर्तेलको शानदार बलिङका साथ बलियो टोलि नेदरल्याण्ड्स १३७ रनमा समेटिएको छ ।
भुर्तेलले ४ विकेट लिएसँगै ३९ ओभरमा १३७ रन बनाउँदै नेदरल्याण्ड्सले नेपाललाई जितका लागि १३८ रनको लक्ष्य दिएको हो ।
नेपालका लागि ललितनारायण राजवंशीले २ विकेट लिए भने सोमपाल कामी र रोहित पौडेलले १÷१ विकेट लिएका छन् ।
नेदरल्याण्ड्सका लागि स्कट एडवार्डले सर्वाधिक ३३ रन बनाए भने बास डे लिड्डेले २७ रन बनाए । स्कट एडवाडलाई कुशल भुर्तेलले एलबीडब्लू धरापमा पारेका थिए ।
त्यस्तै स्यब्राण्ड इन्डेल्बेचले २३ रन बनाउँदा नोस क्रोसले १२ रन बनाए ।