

काठमाडौं आउँदै गरेको नाइटबस कपिलवस्तुमा दुर्घटना, १० जनाको मृत्यु, ३० घाइते

बुटवल । कपिलवस्तु र दाङको सीमामा रहेको शिवराज नगरपालिका-१ सुरही पुल नजिकै बस दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ।
महेन्द्रनगरबाट काठमाडौ जाँदै गरेको सुनौलो महाकाली यातायातको सु–प–प्र–०२–००१ ख ००९८ नम्बरको यात्रुबहाक बस दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ।
उक्त बस बुधबार राति १ बजे सडकबाट २ सय मिटर तल खसेको प्रहरीले जनाएको छ ।
दुर्घटनाबाट ३० जना घाइते भएको त्यसमध्ये ९ जनाको बुटवल रिफर गरिएको छ।
जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रवक्ता प्रहरी नायब उपरीक्षक हरिबहादुर वलीका अनुसार मृतकहरूको सनाखत हुन सकेको छैन। घाइते सबैको उद्धार गरी अस्पताल पठाइसकिएको छ।