

डेढगाउँ-मानपुर सडक १५ दिन बन्द हुने

डेढगाउँ । मानपुर–डेढगाउँ सडक १५ दिन अवरुद्ध हुने भएको छ।
सडक कालोपत्रे गर्नको लागि फागुन ७ गते देखि २२ गतेसम्म बन्द हुने पूर्वा विकास कार्यालय तनहुँका प्रमुख कृष्ण आचार्यले जानकारी दिए ।
मुस्ताङको कोरोलादेखि नवलपुरको त्रिवेणी जोड्ने छोटो दूरीको उक्त सडकअन्तर्गत तनहुँ खण्डमा पहिलो चरणमा कालोपत्रे हुन लागेको बताए ।
गण्डकी प्रदेश सरकारले गौरवको योजनाका रूपमा सूचीकृत यस आयोजनाको घिरिङ गाउँपालिकाको मानपुरबाट कालोपत्रे सुरु गरिने कार्यालयको सूचना अधिकारी धनमाया मिश्रले जानकारी दिए ।
अस्फाल्ट प्रविधि सडक कालोपत्रे गरिने कार्यालयले जनाएको छ। सडक बन्द हुने समय अवधिभर वैकल्पिक सडक प्रयोग गर्न कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ।