

पाल्पा दुर्घटनाः मृतक ३ जनाको पहिचान खुल्यो, ती काे-काे हुन् ?

पाल्पा । पाल्पा दुर्घटनामा मृत्यु भएका आठ जनामध्ये तीन जनाको पहिचान खुलेको छ।
स्थानीय शिक्षक प्रेम रानाका अनुसार मृत्यु हुनेमा तिनाउ गाउँपालिका– ६ कोलाङका ६२ वर्षीय कृष्णबहादुर अस्लामी, अन्दाजी ३२/३३ वर्षका राम बहादुर अस्लामी र उर्मिला अस्लामी रहेका छन्।
मंगलबार अपराह्न तिनाउ गाउँपालिका–६ स्थित शिखरडाँडामा जिप दुर्घटना हुँदा आठ जनाको मृत्यु भएको जनाइएको छ ।
यात्रुहरू बोकेको लु ख १ ज २३७१ नम्बरको जिप डुम्रेबाट शिखरडाँडा जाँदै गर्दा मंगलबार साँझ पौने ५ बजे दुर्घटना भएको हो।
तस्बिरः दिनेश घिमिरेको फेसबुक