

डिआईजी चन्दको राजीनामा फिर्ता, अब १० दिने बिदामा !

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) अर्जुन चन्द ठकुरीको राजीनामा फिर्ता भएको छ ।
मानव स्रोत विभागमा पुगेको उनको राजीनामाको पत्र रितपूर्वक नभएको भन्दै प्रहरी प्रधान कार्यालय, नक्सालले फिर्ता गरिदिएको जनाइएको छ ।
‘घरायसी’ कारण देखाउँदै उनले राजीनामा दिएको पत्र आइतबार प्रहरी प्रधान कार्यालयको मानवस्रोत विभागमा पुगेको थियो । सोमबार प्रहरी महानिरीक्षक आईजीपी वसन्तबहादुर कुँवर, मानवस्रोत विभागका प्रमुख एआईजी टेकप्रसाद राईलगायतले उनीसँग छलफल गरेर राजीनामा नदिन सुझाएका थिए ।
छलफलपछि हेडक्वार्टरले केही दिन बिदा बसेर आउन भनेपछि डिआईजी चन्दको १० दिने बिदामा बसेका छन् ।