

उच्च अदालत पाटनका न्यायाधीश मरासिनीको निधन

काठमाडौं । उच्च अदालत पाटनका एक न्यायाधीशकाे निधन भएकाे छ । ५ नम्बर इजलासमा सिंगल बेञ्चको पेशी तोकिएका न्यायाधीश मातृका मरासिनीको निधन भएकाे हाे ।
घरमै हृदयाघात भएका उनलाई हृदयघातकाे एट्याक आएलगत्तै आज बिहान उपचारका लागि अस्पताल लगिएकाे थियाे । तर, अस्पताल पुर्याएलगत्तै चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।
यससङ्गै उच्च अदालत पाटनको सम्पूर्ण पेशी स्थगित भएका छन् ।
न्यायपरिषद्ले गत १८ पुसमा उच्च अदालतमा रिक्त रहेको ४० मध्ये ३९ जना न्यायाधीश नियुक्त गरेको थियाे। रौतहट जिल्ला अदालतबाट उनी उच्चमा भर्खर बढुवा भएर आएका थिए।