

प्रहरीमा २ डिआईजी थप्न अर्थको सहमति, एसएसपीमा अन्यौल !

काठमाडौं । नेपाल प्रहरीमा डिआइजीका दुइ पद थप्न अर्थ मन्त्रालयले सहमति दिएको छ।
गृह मन्त्रालयले डिआइजीका तीन दरबन्दी थप्ने प्रस्ताव गरेको थियो। साइबर ब्यूरो, केनाईन महाशाखा र केन्द्रीय विधिबिज्ञान प्रयोगशालामा डिआइजीको दरबन्दी थप्ने प्रस्तावमा अर्थले दुई कार्यालयका लागि मात्र सहमति दिएको हो ।
अर्थले दुई पद थप्न सहमति दिएपनि गृह मन्त्रालयले संगठन तथा व्यवस्थापन सर्वेक्षणको प्रक्रिया पूरा गरी मन्त्रिपरिषद्मा प्रस्ताव पठाइसकेको भने छैन ।
बिशेष दरबन्दी थप भएमा साइबर ब्यूरोका नविन्द्र अर्याल तथा केनाईन महाशाखाकी देउती गुरुङ डिआइजी हुनेछन् ।
उनीहरु सम्बन्धित क्षेत्रको बिशेषज्ञ भएकाले बिशेष दरबन्दी थपेर बढुवा गर्नुपर्ने प्रहरी नेतृत्वको प्रस्ताव थियो ।
साथै, डिएसपीबाट एसपी बढुवामा पनि प्राविधिकतर्फका केही पदलाई प्रशासनतर्फ ल्याउनेबारे पनि छलफल भइरहेको छ ।
हाल प्रहरीमा एसपीका आठ दरबन्दी रिक्त छन् । जसमा १२ जना शक्तिशाली डिएसपी प्रतिस्पर्धी हुँदा ६ महिनादेखि बढुवा अलपत्र परेको छ ।