

अयोध्यामा भगवान् राम मन्दिरको प्राण प्रतिष्ठा

काठमाडौं – भारतको अयोध्यामा बनाइएको राम मन्दिरको प्राण प्रतिष्ठा हुँदैछ ।
अनुष्ठानमा प्रधानमन्त्री नरेन्द्र मोदीले पूजा गरिरहेका छन् ।
प्राणप्रतिष्ठा सम्पन्न भएपछि प्रधानमन्त्री नरेन्द्र मोदीले त्यहाँको जनसभालाई सम्बोधन गर्ने कार्यक्रम छ । मंगलबारबाट राम मन्दिर सर्वसाधारणका लागि खुल्ला गरिने छ ।
राम मन्दिरको प्राण प्रतिष्ठालाई भव्य बनाउन उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले कुनै कसर बाँकी राखेका छैनन् ।
अयोध्याका सडक, सार्वजनिक स्थान लगायतलाई विशेगा रुपमा सजाइएको छ । प्राण प्रतिष्ठाको अवसरमा केन्द्रीय सरकारका कर्मचारीहरुलाई आधा दिन छुट्टीसमेत दिइएको छ ।