

काठमाडाैं जाँदै गरेको रात्री बस दुर्घटना हुँदा २ जनाको मृत्यु

बर्दिया । काठमाडौंका लागि बर्दियाबाट छुटेको रात्रीबस दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ।
दाङको लमही नगरपालिका-९ स्थित रिहार प्रहरी चौकीबाट ४ किलोमिटर पश्चिमको जंगल क्षेत्रमा प्रदेश ३- ०१००५ ख ९७१९ नम्बरको रात्री बस आइतबार राति ११ बजे दुर्घटना भएको दाङका प्रहरी प्रवक्ता डिएसपी जनकबहादुर मल्लले जानकारी दिए।
दुर्घटनमा परी बर्दियाको गेरुवा गाउँपालिकाका – १ का ३६ बर्षीय भिमनाथ योगी र ठेगाना नखुलेका युवराज चौधरीको घटनास्थलमै मृत्यु भएको डिएसपी मल्लले बताए।
डिएसपी मल्लका अनुसार सडकको भित्तामा बस ठोक्किदा दुई जनाको च्यापिएर घटनास्थलमै मृत्यु भएको हो।