

सशस्त्रको सईका लागि बढुवा सिफारिस

काठमाडौं । सशस्त्र प्रहरी बलका प्रहरी सहायक निरीक्षक (असई) केशरबहादुर विरकट्टा सशस्त्र प्रहरी नायब निरीक्षक (सई) ((विशेष पद) लागि सिफारिस भएका छन् ।
सशस्त्र प्रहरी बलको बढुवा समितिका अनुसार संगठनमा कार्यरत रहँदाको बखत घाइते अंगभंग भएका सशस्त्र प्रहरीहरुलाई एकपटकको लागि दिइने एक तह बढुवामा विरकट्टा बढुवा भएका हुन् ।
उनको बढुवाविरुद्ध चित्त नबुझेमा ७ दिनभित्र उजुरी दिन सकिने पनि सशस्त्र हेडक्वार्टरको बढुवा समितिले जनाएको छ ।