

‘बोलमाया’, ‘गलबन्दी’की गायिका शान्तिश्री बनिन् आमा

काठमाडौं । नेपाली लोकगीत क्षेत्रकी स्टार गायिका शान्तिश्री परियार आमा बनेकी छिन् । बोलमाया, गलबन्दीकी गायिका शान्तिश्रीले शनिबार छोरीलाई जन्म दिएकी हुन् ।
प्रकाश सपुतको सिर्जना ‘बोलमाया’ बोलको गीत गाएर सर्वाधिक सफल भएकी शान्तिश्रीले सपुतकै ‘गलबन्दी’ बोलको गीतबाट थप शिखर चढ्न सफल भएकी थिइन् ।

‘घर छ तीनतले’, ‘हाँसी हाँसी बोल मायाले’, ‘फुलमति चनमति’ जस्ता चर्चित गीतमा स्वर दिएकी शान्तिश्री नेपाली लोकगीत संगीतकी सर्वाधिक चर्चित गायिकामा समेत पर्दछिन् ।
रोल्पामा जन्मेर धादिङका नारायण भुजेलसँग वैवाहिक बन्धनमा बाँधिएकी शान्तिश्री नेपाली लोकगीतकी सर्वाधिक कर्णप्रिय स्वरकी धनी एवं जीवन्त गाउन सक्ने गायीका रुपमा चिनिने गर्दछिन् ।