

म्याग्दीको पोखरेबगरमा निःशुल्क स्वास्थ्य शिविर

म्याग्दी । ग्लोबल आइएमई बैंकले गण्डकी प्रदेशले म्याग्दीको पोखरेबगरमा स्वास्थ्यशिविर सम्पन्न गरेको छ ।
१७ औं वार्षिकोत्स्वको अवसरमा ग्लोबल गण्डकी प्रदेशको आयोजनामा जिल्लाको अन्नपूर्ण गाउँपालिका वडा नं. ६ को पोखरेबगरमा महिलाहरुलाई लक्षित गर्दै स्वास्थ्य शिविर सञ्चालन गरेको हो ।
बैंकले ग्रामीण क्षेत्रहरुका महिलाहरुलाई लक्षित गर्दै निःशुल्क स्त्रीरोग तथा महिला प्रजनन् स्वास्थ्य शिविर सञ्चालन गरेको हो ।
शिविरमा महिलाहरुलाई निःशुल्क रुपमा स्त्रीरोगसम्बन्धी परिक्षण गरिएको थियो । त्यस्तै प्रजनन् स्वास्थ्यसम्बन्धी जानकारी समेत प्रदान गरिएको थियो ।
उक्त शिविरमा १५६ जना महिलाहरूले सेवा लिएको ग्लोबल आइएमई बैंकका कर्मचारी गणेश अर्यालले जनाए । म्याग्दी पोखरे आधारभूत विद्यालयमा शिविर सम्पन्न भएको थियो ।