

लामिछानेलाई ‘खोया’ प्रहार गरेका रानाभाट रिहा

पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई खोया प्रहार गरेका लमजुङका सन्तोष रानाभाट रिहा भएका छन् ।
मंगलबार उनलाई साधारण तारेखमा रिहा गरिएको हो ।
गत पुस ७ गते सभालाई सम्बोधन गर्ने क्रममा पोखराको अमरसिंह चोकमा लामिछानेमाथि उनले खोया प्रहार गरेका थिए ।
उनलाई १० दिन म्याद थप भएको थियो । कास्की जिल्ला प्रशासनले उनलाई साधारण तारेखमा छोड्न आदेश दिएको कास्की प्रहरीका डीएसपी श्रवणकुमार विकले जानकारी दिए ।