

ड्युटीपछि सुतेका बरिष्ठ हवल्दार तामाङ मृत फेला

संखुवासभा । संखुवासभाको जिल्ला कारागार खाँदबारीमा कार्यरत एक वरिष्ठ प्रहरी हवल्दार मृत फेला परेका छन् ।
इलाम घर भई खाँदबारी नगरपालिका– ७ जिल्ला कारागारमा कार्यरत वरिष्ठ प्रहरी हवल्दार डिकबहादुर तामाङ मृत फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
गएराति ड्युटी सकेर सुतेका हवल्दार तामाङ बिहान अचेत अवस्थामा बेला परेपछि उपचारका लागि जिल्ला अपस्पताल पुर्याइएको थियो । तर, तामाङको जिल्ला अस्पताल भर्ना हुनु अघिनै मृत्यु भइसकेको जिल्ला अस्पतालले जनाएको छ ।
पीडित परिवारले मृत्यु शङ्कास्पद भएको भन्दै घटनाको छानविन गर्न माग गरेका छन्। घटनाको निष्पक्ष छानविन नभए सम्म शव नबुझ्ने पीडित परिवारले अडान लिएका छन् ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।