

सिन्धुपाल्चोक केन्द्रविन्दु भएर ५.० म्याग्निच्युडको भूकम्प, उपत्यकामा पनि धक्का महसुस

काठमाडौं । आइतबार राति भूकम्पको धक्का महसुस भएको छ ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार राति १० बजेर २१ मिनेटमा सिन्धुपाल्चोकको लिस्टिकोट केन्द्रविन्दु भएर ५.० म्याग्निच्युडको भूकम्प गएको हो ।
भूकम्पको धक्का काठमाडौं उपत्यका लगायत आसपासका क्षेत्रमा महसुस गरिएको थियो ।