

कारको ठक्करबाट पोखरामा २ जनाको मृत्यु

पोखरा । पोखरामा कारको ठक्करबाट २ पैदलयात्रीको मृत्यु भएको छ ।
पोखराको प्रस्याङमा बा १३ च ३७२१ नं. को कारले पैदलयात्रीलाई गए राती ठक्कर दिँदा २ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
कारको ठक्करबाट बागलुङका २० वर्षीय ढालेन्द्र छन्त्याल र अर्का नाम नखुलेका पुरुषको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी डिएसपी श्रवणकुमार विकले जानकारी दिए ।
ठक्कर दिने कारलाई नियन्त्रणमा लिइएको र कार चालक फरार रहेको प्रहरीले जनाएको छ ।
घाइते दुवै जनाको उपचारको क्रममा गण्डकी अस्पतालमा मृत्यु हो ।