यी हुन् नक्कली काजगात बनाई भिजिट भिषामा विदेश उडाउने ४ कर्मचारी



काठमाडौं । नेपाल प्रहरीको काठमाडाैं उपत्यका अपराध अनुसन्धान कार्यालयले भिजिट भिषामा नक्कली कागजपत्र बनाएर विदेश पठाउने कार्यमा संलग्न १ अधिकृत र २ जना नेपाल एयरलाइन्सका कर्मचारीसहित ३ जनालाई पक्राउ गरेर सार्वजनिक गरेको छ ।

कार्यालयले अध्यागमन अधिकृत नरवीर खड्का, नेपाल एयरलाइन्सका कर्मचारी अनिल यादव र होम पोखरेललाई पक्राउ गरी सार्वजनिक गरेको छ । त्यसबारे निगमका अर्का कर्मचारी पनि बुधबार नै पक्राउ परेका छन् । प्रहरी स्रोतका अनुसार पक्राउ पर्नेमा विश्वनाथ कोइराला छन् ।

बुधबार विभिन्न देश जान लागेका नक्कली कागजपत्र बनाएको आरोपमा उनीहरूलाई पक्राउ गरी  सार्वजनिक गरिएको हो ।

बुधबार कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा खाडी तथा युरोपेली मुलुक पठाउनेसँग सेटिङमा मिलेर काम गर्ने उजुरी परेको आधारमा नियन्त्रण लिएको कार्यालय प्रमुख सोमेन्द्रसिंह राठोरले जानकारी दिए ।

उक्त कार्यमा हालसम्म ३२ जना पक्राउ परेका छन् । तीमध्ये २१ जनालाई मुद्दा चलाइएको छ ।