

सैनिक हवल्दार कार्कीले गुमाए ब्यारेकभित्रै करेन्ट लागेर ज्यान

नुवाकोट । नुवाकोटमा सेनाको व्यारेकभित्रै करेन्ट लागेर एकजना सैनिकको मृत्यु भएको छ ।
बिदुर नगरपालिका-६ देवीघाट जलविद्युत केन्द्र परिसरमा रहेको सेनाको व्यारेकमा शनिबार बेलुकी करेण्ट लाग्दा कार्यरत सेनाको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय नुवाकोटका अनुसार सेनाको जवरजंग गण, देबीघाट ब्यारेकमा कार्यरत हवल्दार रामेछापको लिखु तामाकोसी गाउँपालिका–६ का ३२ वर्षीय रामकुमार कार्कीको मृत्यु भएको हो ।
करेन्ट प्रवाहित तारमा छोएको बाँसमा छुँदा सख्त घाइते भएका कार्कीलाई उपचारका लागि नुवाकोट जिल्ला अस्पताल त्रिशूली लैजादै गर्दा उनको मृत्यु भएको बताइएको छ । कार्कीको शव पोष्टमार्टमका लागि नुवाकोट जिल्ला अस्पताल त्रिशूलीमा राखिएको छ ।