

बरालले गराए ‘दिलमा फोटो’मा नाजिर र उषालाई रोमान्स (भिडियोसहित)

काठमाडौं । छायांकार सुदीप बराल निर्देशन यात्रामा पनि उत्तीकै अगाडि बढिरहेका छन् । उनले पछिल्लोपटक निर्देशन गरेको दिलमा फोटो बोलको गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ ।
आरबी सिर्जन र मेलिना गुरुङको स्वरले सजिएको गीतमा वसन्त सापकोटाको शव्द रचना र संगीत रहेको छ । रविन न्यौपानेको छायांकन रहेको यस गीतको म्युजिक भिडियोमा कविराज गहतराजको शानदार कोरियोग्राफी छ ।
भिडियोमा रेनिष फागोको कलर र मनोहरी पौडेलको प्रडक्सन रहेको छ । भिडियोमा निर्देशक सुदीप बरालले नाजिर हुसेन र उषा उप्रेतीलाई अन स्क्रिन रोमान्स गराएका छन् । गीतमा लुकीछुपी लगाएको मायाको कुरा गरिएको छ ।
नाजिर पछिल्लो समयमा म्युजिक भिडियोमा बढी देखिन थालेका छन् । उनलाई दर्शकले म्युजिक भिडियोमा मन पराउँदै आएका पनि छन् ।
भिडियोः