

विश्वविजेता बन्यो अस्ट्रेलिया

काठमाडौं । अस्ट्रेलिया छैठाैंपटक विश्व च्याम्पियन बनेको छ ।
भारतको अहमदाबादमा सम्पन्न विश्वकप क्रिकेटको फाइनल खेलमा घरेलु टोली भारतविरुद्ध शानदार ६ विकेटको जित हात पार्दै अस्ट्रेलिया छैठौं पटक विश्वविजेता बनेको हो ।
अस्ट्रेलियालाई विश्वविजेता बनाउनका लागि टर्भिस हेडले शानदार शतक हाने । उनले १३७ रनको पारी खेले । उनी मोहम्मद सिराजको बलमा आउट भए । त्यस्तै मौसनु लबंचांगेले ५८ रन बनाए ।
भारतले दिएको २४१ रनको लक्ष्य पछ्याउने क्रममा सुरुवाती झड्का ब्यहोरेको अस्ट्रेलियाको पारीमा यी दुईले उत्कृष्ट क्रिकेट खेलेका थिए । भारतले दिएको लक्ष्य अस्ट्रेलियाले ४२.६ ओभरमा पूरा गरेको हो ।
एक समय अस्ट्रेलियाले ४७ रन बनाउँदा ३ विकेट गुमाइसकेको थियो । भारतका लागि जसप्रित बुमराहले २ विकेट लिएका थिए भने माेहम्मद सामी र मोहम्मद सिराजले १/१ विकेट लिएका थिए ।
त्यसअघि भारतले केएल राहुलको ६६ रन र विराट कोहलीको ५४ रनको मद्दतले ५० ओभरमा १० विकेट गुमाउँदै २४० रन बनाएको थियो ।