

नेपालद्वारा जापानसमक्ष ११६ रनको लक्ष्य प्रस्तुत

काठमाडौं । चार देश सम्मिलित महिला टि–२० सिरिजअन्तर्गत तेस्रो स्थानका लागि भएको खेलमा नेपालले जापानलाई ११६ रनको लक्ष्य दिएको छ ।
टस जितेर ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर ११५ रन बनाएपछि जापानले ११६ रनको लक्ष्य पाएको हो ।
नेपालका लागि पूजा महतोले ४३ रन बनाइन् भने रोमा थापाले २२ रन बनाइन् । त्यस्तै रुविना चौधरीले २१ रन बनाउँदा कप्तान इन्दु बर्माले १२ रन बनाइन् ।
त्यस्तै सिता रानामगर ५ रनमा आउट हुँदा काजल श्रेष्ठ र अस्मिना कर्माचार्य ३ र २ रनमा नटआउट रहे ।
सिरिजको उपाधिका लागि आजै हङकङ र तान्जानियाबीच खेल हुँदैछ ।