नेपाली सेनाले जित्यो ‘मुख्यमन्त्री कोहलपुर गोल्डकप प्रतियोगिता २०८०’ को उपाधि

काठमाडौं । बाँकेको कोहलपुरमा सम्पन ‘मुख्यमन्त्री कोहलपुर गोल्डकप प्रतियोगिता २०८०’ को उपाधि त्रिभुवन आर्मीले हात पारेको छ।

बुधबार भएको फाइनलमा आर्मीले चर्च ब्वाइजलाई २–० ले हराउँदै उपाधि जितेको हो। विजेता त्रिभुवन आर्मीले आठ लाख र दोस्रो चर्च ब्वाइज क्लबले चार लाख नगद पुरस्कार प्राप्त हात पारेका छन्।

आयोजक रेसिङ सहारा क्लबका अध्यक्ष चक्र क्षेत्रीका अनुसार आर्मीका खेलाडी आले मगरलाई ‘म्यान अफ द म्याच’ घोषणा गरियो । प्रतियोगितामा उत्कृष्ट खेलाडीका रुपमा आर्मीका टंक बस्नेतलाई ५० हजार रुपैयाँ पुरस्कार प्रदान गरियो।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *